सुर्खेत । सुर्खेत जिल्ला प्रहरी कार्यालय ले सवारी नियम उल्लंघन गर्ने सवारीचालकबाट माघ महिनामा ९ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
कार्यालयका प्रवक्ता मोहनजंग बुढथापा का अनुसार सो अवधिमा १ हजार २२ सवारीचालक कारबाहीमा परेका थिए।
यसैबीच, सो महिनामा भएका सवारी दुर्घटनामा २ पुरुष र ३ महिलाको मृत्यु भएको छ भने २३ जना गम्भीर र ६१ जना सामान्य घाइते भएका छन्।
