धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज धनगढीमा चुनावी सभा आयोजना गर्न लागेको छ।
बिहान ११ बजेबाट शुरू हुने सभामा रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह सहभागी हुने कार्यक्रम रहेको छ। सभापति लामिछाने मंगलबार नै सुदूरपश्चिम पुगेका छन् भने बालेन शाह आज मात्रै धनगढी आउँने बताइएको छ। रास्वपा कैलाली क्षेत्र नम्बर–५ का प्रतिनिधिसभा उम्मेदवार आनन्द बहादुर चन्द का अनुसार दुई नेताको उपस्थितिमा कार्यकर्ताको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
कार्यकर्ताको ठूलो सहभागितालाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपि योगेन्द्र तिमिल्सिना का अनुसार धनगढी क्षेत्रमा थप प्रहरी परिचालन गरिएको छ। उनले भने, “अनुसन्धान टोलीसहित थप प्रहरी परिचालन गरेका छौँ र आवश्यक परे थप सुरक्षा बल तत्पर अवस्थामा राखिएको छ। सशस्त्र प्रहरी पनि पचिलानमा रहेको छ।”
सभापति लामिछाने र बालेनले दिउँसो १२ बजे सभा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
