अरनिको राजमार्ग अन्तर्गत बनेपामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बनेपाको दूरसञ्चार कार्यालय नजिकै बुधबार बिहान भएको दुर्घटनामा स्कुटर चालकको ज्यान गएको हो भने एक जना घाइते भएका छन् ।
प्रहरीका अनुसार बागमती प्रदेश ०१–००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनापछि स्थानीयवासी आक्रोशित बनेका छन् ।
घटनापछि सो क्षेत्रमा तनाव उत्पन्न भएको छ भने उक्त सडकखण्डमा सवारी आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
