काठमाडौँ — प्रहरीले बानेश्वरस्थित न्यू कस्यप ब्वाईज होस्टलबाट होस्टल सञ्चालिका मायाकुमारी देवी मिश्रलाई पक्राउ गरेको छ। ४५ वर्षीया मिश्र सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ घर भएकी हुन्।
प्रहरीले होस्टलमा गरेको छापामारी क्रममा ०.१३ मिलिग्राम खैरो हेरोइन बरामद भएको छ। प्रहरीले जनाएको अनुसार, खैरो हेरोइन होस्टलको काउन्टरमा भेटिएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार, प्रहरी वृत्त नयाँ बानेश्वरले आरोपीविरुद्ध लागुऔषध मुद्दामा म्याद लिएर अनुसन्धान जारी राखेको छ।
