सुर्खेत — जिल्ला प्रहरी कार्यालय सुर्खेतले गएराति वीरेन्द्रनगर नगरपालिका–८ मा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाका अनुसार, गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले शंकास्पद अवस्थामा फेला परेका ४७ वर्षीय ललित चन्दलाई नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेका थिए।
प्रहरीले बताए अनुसार, चन्द भाग्न खोज्दा बल प्रयोगस्वरूप एक राउण्ड हवाई फायर चलाएर उनलाई नियन्त्रणमा लिइएको हो। उनलाई साथबाट ३७ ग्राम ७३० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ।
