सुर्खेत – सुर्खेतमा ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २३ वर्षीय बिमल विक पक्राउ परेका छन्। उनी वीरेन्द्रनगर नगरपालिका-१ बस्ने व्यक्ति हुन्।
सोही महिलाले प्रहरीमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले उनलाई सोमबार दिउँसो नियन्त्रणमा लिएको हो। प्रहरीले बिमल विकलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ।
