काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले माघ महिनाको मासिक प्रगति विवरण सार्वजनिक गरेको छ।
कार्यालयले जनाएको तथ्यांकअनुसार, माघ महिनामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनमाथि कारबाहीबाट २ करोड ७० लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ। ट्राफिक प्रहरीले महिनाभर ३७,४१६ वटा सवारी साधनलाई कारबाही गर्दा रू. २,७०,५३,०६५ राजस्व संकलन गरेको छ।
मादक पदार्थ सेवन (मापसे) कारबाही
माघ महिनामा २४४७ जना चालक मापसे कारबाहीमा परेका छन्।
निजी सवारी चालक: २४३०
सार्वजनिक भाडाका चालक: १२
सरकारी सवारी चालक: २
पर्यटक सवारी चालक: ३
लागू पदार्थ सेवन (लापसे) कारबाहीमा परेका: १८ जना, जसमा १६ जना सार्वजनिक सवारी चालक।
सडक दुर्घटना
माघ महिनामा उपत्यकामा ५७७ दुर्घटना भएका छन्, जसमा १०१२ वटा सवारी साधन संलग्न थिए।
मृत्यु: १५ जना, घाइते: ६९५ जना।
मुख्य कारण:
चालकको लापरबाही: ४०८ दुर्घटना
तीव्र गति: ८८ दुर्घटना
मादक पदार्थ सेवन: ५४ दुर्घटना
सवारी चोरी र हिट एण्ड रन
एक महिनामा २२९ सवारी साधन चोरी भएका थिए (२२८ दुईपांग्रे, १ चार पाङ्ग्रे), जसमा ७६ वटा फेला पारिएको छ।
चोरीमा संलग्न २ जनालाई पक्राउ गरी मुद्दा प्रक्रिया अगाडि बढाइएको छ।
हिट एण्ड रन: १५ सवारीमध्ये १२ नियन्त्रणमा।
जनचेतना र प्रहरी कर्मचारी मनोबल
माघ महिनामा विद्यालय र समुदायस्तरमा २४६३ सचेतनामूलक कार्यक्रम आयोजना, करिब ३ लाख मानिस लाभान्वित।
हराएको सवारी चालक अनुमति पत्र, ब्लुबुक, र सवारी इजाजत पत्रको लागि ११,६५८ जनालाई सिफारिस।
प्रहरी कर्मचारीको मनोबल उच्च राख्न सप्ताहमा एकपटक ६०–१०० जना हाइकिङ, र १०० जनालाई नेपाली सिनेमा हेर्ने कार्यक्रम।
ड्युटीको समयमा प्रहरीमाथि दुर्व्यवहार गर्ने वा बढी भाडा लिने सवारीमाथि निगरानी र कारबाही तीव्र।
