धरानबाट ९५५ किलोग्राम लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन्। प्रहरी टोलीले धनकुटाबाट धरान उपमहानगरपालिका–२०, बरडाँडा तर्फ आउँदै गरेका दुई पिकअप गाडीमा जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ताका अनुसार बारा कोल्बी नगरपालिका–८ का सन्दीपकुमार माझी चलाएको गाडीबाट ४९५ केजी र चन्द्रागिरी नगरपालिका–८ का नगेन्द्रराज श्रेष्ठ चलाएको गाडीबाट ४६० केजी गाँजा बरामद गरिएको छ । दुवै जनालाई सवारीसाधनसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
