काठमाण्डौ – कक्षा १२ को वार्षिक परीक्षा आउँदो बैशाख १४ गतेदेखि सञ्चालन हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको परीक्षा तालिकाअनुसार बैशाख १४ गते सोमबारदेखि सुरु हुने परीक्षा २७ गते आइतबारसम्म सञ्चालन हुनेछ। परीक्षा हरेक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गरिने बोर्डले जनाएको छ।
यसअघि माध्यमिक शिक्षा परीक्षा (एसईई) भने आउँदो चैत १९ गतेदेखि सुरु हुने तय गरिएको छ।


