काठमाडौँमा कार्यरत एक प्रहरी जवान ठगी आरोपमा पक्राउ परेका छन्।
प्रहरी प्रभाग बल्खुमा कार्यरत जवान कैलेश गिरीलाई सोमबार पक्राउ गरिएको हो। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नियन्त्रणमा लिएको जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार गिरीविरुद्ध ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि उनलाई पक्राउ गरिएको हो। “ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो, पक्राउ गरेर अनुसन्धान गर्दैछौँ,” उनले बताएका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
