उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो चुनावी प्रचारप्रसार अभियान सुरु गरेका छन्। निर्वाचन आयोगले तोकेको समयसीमाअनुसार उनले सोमबारदेखि औपचारिक रूपमा प्रचार अभियान थालेका हुन्।
घिसिङले प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं ३ बाट उम्मेदवारी दिएका छन्। उक्त क्षेत्रमा विभिन्न राजनीतिक दलका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट रामेश्वर फुयाँल, नेपाली कांग्रेसबाट रमेश अर्याल, नेपाल कम्युनिस्ट पार्टीबाट नीरज लामा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजुनाथ पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुन्दरराम बोहरा, नेपाल मजदुर किसान पार्टीबाट मदन श्रेष्ठ, जनता समाजवादी पार्टी, नेपालबाट प्रनिलध्वज कार्की लगायतका उम्मेदवार चुनावी मैदानमा छन्।
निर्वाचन आयोगले तोकेको तालिकाअनुसार सबै राजनीतिक दलहरूले सोमबारदेखि चुनावी प्रचारप्रसार अभियान औपचारिक रूपमा सुरु गरेका छन्।
