नेपाली बजारमा मंगलबार सुनको मूल्य पुनः घटेको छ भने चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ९ सय रूपैयाँ घटेर तीन लाख एक हजार नौ सय रूपैयाँ कायम भएको छ। यसअघि सोमबार सुन प्रतितोला तीन लाख दुई हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। सोमबार पनि सुनको मूल्य प्रतितोला तीन हजार रूपैयाँले घटेको थियो।
यता चाँदीको मूल्य भने बढेको छ। सोमबार प्रतितोला चार हजार आठ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार चार हजार आठ सय ८५ रूपैयाँ पुगेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँले बढी हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार नौ सय ५० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
