झापा — कचनकवल गाउँपालिका मा पानीको खाल्डोमा डुबेर १४ महिनाका बालकको मृत्यु भएको छ।
सोमबार साँझ करिब ६ बजे कचनकवल–२ हर्दासभिट्टाका खेलराज राजवंशीका छोरा प्रियांस राजवंशी वडा नं. ३ दल्कीस्थित आफ्नै मामाघरमा खेल्ने क्रममा कलको पानी जम्ने खाल्डोमा डुबेर अचेत अवस्थामा फेला परेका थिए।
उपचारका लागि उनलाई बीएण्डसी अस्पताल, बिर्तामोड लगिएको थियो। चिकित्सकले जाँच गर्दा बालकको मृत्यु भइसकेको पुष्टि गरेका थिए।
बालकको शव सोही अस्पतालमा राखिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
