आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत नेपालले आज आफ्नो अन्तिम खेल खेल्दै छ। समूह ‘सी’ मा रहेको नेपालले मंगलबार चौथो तथा अन्तिम खेलमा स्कटल्याण्ड राष्ट्रिय क्रिकेट टोली सँग प्रतिस्पर्धा गर्नेछ।
भारतको वानखेडे रंगशाला मा बेलुकी ७:१५ बजे नेपाल र स्कटल्याण्ड आमनेसामने हुनेछन्।
नेपाल यसअघिका तीनवटै खेलमा पराजित भएको थियो। पहिलो खेलमा इंग्ल्याण्ड राष्ट्रिय क्रिकेट टोली विरुद्ध उत्कृष्ट प्रदर्शन गरे पनि ४ रनले हार बेहोरेको थियो। त्यसपछि इटाली राष्ट्रिय क्रिकेट टोली सँग १० विकेट तथा वेस्ट इण्डिज राष्ट्रिय क्रिकेट टोली सँग ९ विकेटले पराजित भएको थियो।
समूह ‘सी’ बाट इंग्ल्याण्ड र वेस्ट इण्डिजले सुपर–८ मा स्थान सुरक्षित गरिसकेका छन् भने नेपाल, स्कटल्याण्ड र इटाली प्रतियोगिताबाट बाहिरिसकेका छन्। आजको खेल नेपालका लागि प्रतिष्ठाको लडाइँ मात्र हुनेछ।
खेलअघि नेपाल क्रिकेट टोलीका कन्सल्टेन्ट प्रशिक्षक निक पोथास ले स्कटल्याण्डविरुद्ध खेलाडीहरूले गल्ती नदोहोऱ्याई प्रतिस्पर्धात्मक प्रदर्शन गर्नुपर्ने बताएका छन्। उनले एउटै गल्ती पटक–पटक नदोहोर्याउन र योजनाअनुसार खेल्न जोड दिएका छन्।
पोथासले समर्थकका लागि सुखद सम्झना छोड्ने लक्ष्यसहित सकारात्मक नतिजा निकाल्नुपर्ने बताए। साथै, उत्कृष्ट टोली बन्न निरन्तर प्रदर्शन आवश्यक पर्ने उल्लेख गर्दै स्कटल्याण्डविरुद्ध राम्रो खेल प्रस्तुत गर्दै प्रतियोगिताबाट विदा हुन चाहेको बताएका छन्।
