अर्घाखाँची — मालारानी गाउँपालिका–३ टुनीपोखरीमा पासोमा परी घाइते भएको चितुवा उपचारका क्रममा मरेको छ। स्थानीयले वन्यजन्तुलाई थापेको पासोमा परेर चितुवा गम्भीर घाइते भएको थियो।
घाइते चितुवालाई उद्धार गरी उपचारका लागि डिभिजन वन कार्यालय अर्घाखाँची मा लगिएको थियो। उपचारकै क्रममा सोमबार दिउँसो चितुवाको मृत्यु भएको सूचना अधिकारी केशव खड्काले जानकारी दिए।
उद्धारका क्रममा वन कार्यालयका कर्मचारी नमलाल श्रेष्ठ घाइते भएका छन्। उनको उपचार भइरहेको जनाइएको छ।अर्घाखाँचीमा पासोमा परेर घाइते चितुवाको उपचारका क्रममा मृत्यु
