पर्सा — सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरी को संयुक्त टोलीले पर्साको पकहाँमैनपुर गाउँपालिकाबाट १६० किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
सोमबार मधुवनीचोकतर्फ आउँदै गरेको प्र३–०१–००२च ५४३२ नम्बरको सुजुकी स्विफ्ट कार जाँच गर्ने क्रममा चालक बुद्धिलाल घलान पक्राउ परेका हुन्। कारको डिक्कीमा प्याकिङ गरेर राखिएको गाँजा फ्याँक्ने प्रयास गरिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर का गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीका अनुसार पक्राउ परेका घलानलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरिया पठाइएको छ।
प्रहरीले चालकको साथबाट २२ हजार ५०० रुपैयाँ नगद र रियलमी कम्पनीको स्मार्टफोनसमेत बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।
