नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको मूल्य घटेको छ।
आइतबार प्रतितोला दुई हजार तीन सय रुपैयाँले बढेको सुनको भाउ आज तोलामा तीन हजार रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार भने सुन प्रतितोला तीन लाख पाँच हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला चार हजार नौ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज चार हजार आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय २५ रुपैयाँले घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार नौ सय ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
