सिन्धुली : गोलञ्जोर गाउँपालिका–५, आलडाँडा क्षेत्रमा इन्टरनेट जडानको काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका ४२ वर्षीय रामलाल श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको छ।
श्रेष्ठ, जो तीनपाटन गाउँपालिका–२ का स्थायी घरभइ हाल कमलामाई नगरपालिका–४, ढुंग्रेबासमा बस्दै आएका थिए, बिजुलीको पोलमा चढेर तार व्यवस्थापन गर्दै थिए। अचानक विद्युत् तारले छोएपछि उनी अचेत भई पोलबाट खसेका थिए। स्थानीयवासीले उद्धार गरी जिल्ला अस्पताल सिन्धुलीमा पुर्याए पनि उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पुष्टि गरेको छ।
प्रहरी निरीक्षकको नेतृत्वमा पाँच जनाको टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धानले सुरक्षा उपकरण प्रयोग नगरी काम गर्दा करेन्ट लागेको हुन सक्ने आशंका व्यक्त गरेको छ। घटनाबारे थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको छ।
