दोलखा : कालिञ्चोक गाउँपालिका–५ मा शनिबार दिउँसो ६८ वर्षीय चन्द्रबहादुर थामीले ५१ वर्षीया बुहारी देउमाया थामीको हत्या गरेका छन्। प्रारम्भिक अनुसन्धान अनुसार घटना सामान्य पारिवारिक विवादबाट उत्पन्न भएको देखिएको छ।
घटनापछि फरार रहेका आरोपी चन्द्रबहादुरलाई कालिञ्चोक–६, लेप्टुङबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको छ। प्रहरीले घटनाको थप अनुसन्धान गर्दै मृतकका परिवारसँग सहकार्यमा विवरण संकलन गरिरहेको छ।
