काठमाण्डौ – एशियाली विकास बैंक (ADB) ले नेपालकी सोना श्रेष्ठलाई आफ्नो दक्षिण एशिया विभागको महानिर्देशकमा नियुक्त गरेको छ।
श्रेष्ठले बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकामा एडीबीका रणनीति र कार्यक्रमहरूको नेतृत्व गर्नुहुनेछ। उहाँसँग विकास क्षेत्रमा २३ वर्षको अनुभव रहेको छ।
उहाँले यसअघि दक्षिण एशिया विभागको उपमहानिर्देशक, स्वतन्त्र मूल्यांकन विभागकी उपमहानिर्देशक, सहायक सचिव, दक्षिणपूर्वी एशियाको वित्तीय क्षेत्र तथा व्यापार विभागकी निर्देशक र इन्डोनेसियाका लागि उपदेश निर्देशकको रूपमा काम गरिसक्नु भएको छ।
