काठमाण्डौ – प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र शान्ति सुरक्षाको अवस्था बुझ्न ताप्लेजुङ पुग्नु भएको छ। आजै बिहान उहाँले पाथीभरा माताको दर्शन गर्नुभयो।
पूजाअर्चनापछि प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “फागुन महिना, निर्वाचन महिना – पाथीभराबाट शुरूवात,” र शान्तिपूर्ण निर्वाचनको कामना गर्नुभयो।
उहाँले जिल्लाका सुरक्षा निकायका प्रमुख, मुख्य निर्वाचन अधिकृत र निर्वाचनमा खटिएका अधिकारीहरूसँग भेटेर चुनावको वातावरणको मूल्यांकन गर्दै हुनुहुन्छ।
प्रधानमन्त्री कार्की हिजो सोलुखुम्बुको नाम्चे र सल्लेरी पुगेर निर्वाचन तयारी र सरोकारवालासँगको छलफलमा सहभागी हुनुभएको थियो। उहाँले सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचनमा शङ्का नगर्न आग्रह गर्नुभयो।
