नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ।
बिहीबार प्रतितोला एक सय रुपैयाँले घटेको सुनको भाउ आज थप तीन हजार रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार शुक्रबार सुन प्रतितोला तीन लाख तीन हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार सुन प्रतितोला तीन लाख ६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला पाँच हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज पाँच हजार रुपैयाँमा झरेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय ४० रुपैयाँले कमी हो।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस चार हजार नौ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
