झापा, अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका–९ बाह्रघरेमा एक युवतीमाथि बलात्कार गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–७ बस्ने ६४ वर्षीय प्रमानन्द पौडेल रहेका छन्। प्रहरीले दिएको जानकारी अनुसार माघ २८ गते राति इलाम घर भई पछिल्लो ६–७ महिनादेखि मामा घरमा बस्दै आएकी युवतीमाथि पौडेलले जबर्जस्ती करणी गरेको आरोप लागेको हो।
घटनाबारे पीडित पक्षले प्रहरी चौकी शनिश्चरेमा जानकारी गराएपछि प्रहरी टोली खटिएको थियो। प्रहरीले पीडित र आरोपितलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याई आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।
दुवै जनालाई स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
