दमक । झापाको दमक नगरपालिका–४, ताराबारी पुर्व पश्चिम हाईवेमा ‘होटल कोजी होम एण्ड थकाली भान्सा’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। होटल २०८२ साल माघ २८ गतेदेखि सेवा सुरु गरिएको हो।
होटलका सञ्चालक टिकाराम बस्नेतका अनुसार अतिथिलाई स्तरीय सेवा प्रदान गर्ने उद्देश्यसहित होटल सञ्चालनमा ल्याइएको हो। उद्घाटन समारोहका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका सदस्य गोकुल श्रेष्ठ रहेका थिए।
कार्यक्रममा दमक उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष टिकाराम खतिवडा, सदस्य विवेक बजगाई, दमक जेसीजका अध्यक्ष राजेन्द्र बिमली, लायन्स लिडर नेत्र चौलागाईं, साजन श्रेष्ठलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
होटलमा १५ वटा डिलक्स, मास्टर तथा फेमिली रुम उपलब्ध छन्। साथै बार क्याफे, रुफटप रेस्टुरेन्ट, थकाली भान्सा, कर्पोरेट मिटिङ रुम, स्विमिङ पुल र सवारी साधनका लागि चार्जिङ स्टेसनजस्ता सुविधा पनि रहेका छन्।
सञ्चालक बस्नेतले दमक तथा आसपासका क्षेत्रका आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी गुणस्तरीय आवास तथा खानपान सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
