काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रणय शमशेर राणाले पार्टी परित्याग गरेका छन्। उनले बिहीबार महामन्त्री कबिन्द्र बुर्लाकोटीलाई सम्बोधन गर्दै सदस्यतासहित सबै जिम्मेवारीबाट राजीनामा दिएको जानकारी गराएका हुन्।
राजीनामा पत्रमा राणाले पार्टीभित्र देखिएको बेथिति र आन्तरिक अभ्यासप्रति असन्तुष्टि जनाउँदै आफू विवेक र इमानका कारण पार्टीमा बसिरहन नसकेको उल्लेख गरेका छन्। “सुशासन, जवाफदेहिता र आर्थिक पारदर्शिता नारामै सीमित छन्, अभ्यासमा देखिँदैन,” उनले आरोप लगाएका छन्।
राणाले प्रतिनिधिसभा निर्वाचनका लागि गरिएको ‘प्राइमरी इलेक्सन’ प्रक्रियामा चलखेल भएको दाबी गर्दै आर्थिक अपारदर्शितासमेत भएको आरोप लगाएका छन्।
