डोटीको बोगटान फुड्सिल गाउँपालिका–१, लफडा मा घरभित्र राखिएको भरुवा बन्दुक पड्किँदा ३० वर्षीय कलम धामीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार धामी दुर्गासिंह कुडमालको घरमा बिजुली वायरिङको काम गर्दै थिए। कामको क्रममा कोठाभित्र राखिएको बन्दुक अचानक पड्किँदा निस्किएको छर्रा धामीको बाँया कन्चटमा लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी निरीक्षक नवराज रावलको कमाण्डमा टोली खटाइएको छ।
