1. Home
  2. Blog
  3. ब्रेकिङ न्युज
टोपबहादुर रायमाझी र बेचन झाको मुद्दामा सुनुवाइ हुँदै

टोपबहादुर रायमाझी र बेचन झाको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौँ: नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी र बेचन झा को मुद्दा उच्च अदालत पाटनमा सुनुवाइका लागि पेसी तोकिएको छ। रायमाझी र झाले मुलुकी फौजदारी कार्यविधि, २०७४ को दफ...

२९ माघ २०८२
1 min read
Share
टोपबहादुर रायमाझी र बेचन झाको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौँ: नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी र बेचन झा को मुद्दा उच्च अदालत पाटनमा सुनुवाइका लागि पेसी तोकिएको छ।

रायमाझी र झाले मुलुकी फौजदारी कार्यविधि, २०७४ को दफा ७१ (२) अनुसार थुनामुक्त हुन निवेदन दिएका थिए। जिल्ला अदालत काठमाडौँले उनीहरूको निवेदन अस्वीकार गरेपछि उनीहरूले उच्च अदालत पाटनमा पुनः निवेदन दिएका हुन्।

उच्च अदालत पाटनका न्यायाधीश सूर्यनाथप्रकाश अधिकारी र गोपाल प्रसाद बास्तोलाको इजलासमा मुद्दा सुनुवाइका लागि पेसी तोकिएको हो।

यस प्रकरणमा, रायमाझीलाई २०८० असार १ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। जिल्ला अदालतले दिएको आदेशविरुद्ध उनी उच्च अदालत पाटन पुगेका थिए। उच्च अदालत र सर्वोच्च अदालतले पनि जिल्ला अदालतकै आदेशलाई सदर गरेका थिए।

दफा ७१ (२) अनुसार, कुनै अभियुक्तको कसुर नदेखिएको प्रमाणित भएमा अदालतले थुनाबाट छाड्ने आदेश दिन सक्ने प्रावधान छ। रायमाझी र झाले सो प्रावधानमा आधारित निवेदन दिएका हुन्।

Trending Now

Monday, July 27, 2026

Kathmandu Desk | Policy Watch | Public Service | Fact Check

Live Desk
YuktiTimes logoYuktiTimesसोमबार, ११ साउन २०८३ | १४:४२ बजे
मुख्य
समाज
राजनीति
सरकार
सुरक्षा
अर्थतन्त्र
विश्व
कृषि
खेलकुद
विचार
फोटो

YuktiTimes

Regd No:

Yuktitimes

Damak-Jhapa

9820778862

Admin: [email protected]

News: [email protected]

Contact for Advertisement

9820778862

[email protected]

YuktiTimes Team

Editor-in-Chief

Director

© 2026 YuktiTimes Pvt. Ltd. Tailored by Nextwave Technology.