काठमाडौँ – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५३ जिल्लाअन्तर्गत १ सय १७ निर्वाचन क्षेत्रका मतपत्र छपाइ सम्पन्न भएको छ।
निर्वाचन आयोगका अनुसार हालसम्म १ करोड ५३ लाखभन्दा बढी मतपत्र छापिसकिएको छ। सह–प्रवक्ता कुलबहादुर जिसीले हिजो मात्रै ६ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको जानकारी दिए। प्रत्यक्षतर्फको निर्वाचनका लागि कुल २ करोड ३ लाख २३ हजार मतपत्र आवश्यक पर्ने आयोगले जनाएको छ। हाल दैनिक करिब १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ।
आजभित्रै सबै मतपत्र छपाइ सम्पन्न गरी सम्बन्धित जिल्लामा पठाउने तयारी रहेको आयोगले जनाएको छ।
अहिलेसम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, नवलपरासी बर्दघाट सुस्ता पश्चिम, मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुम पूर्व, दाङ, बाँके, नवलपरासी बर्दघाट सुस्ता पूर्व, पाल्पा, अर्घाखाँची, प्युठान, रुपन्देही र रोल्पा जिल्लाका मतपत्र छपाइ सकिएको आयोगले जनाएको छ।
