नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।
गत आइतबारदेखि निरन्तर बढिरहेको सुनको मूल्य आज भने सामान्य रूपमा घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ६ हजार ५ सय रुपैयाँ कायम भएको छ।
बुधबार सुन प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा आज प्रतितोला १ सय रुपैयाँ घटेको हो।
यता चाँदीको मूल्य भने बढेको छ। बुधबार प्रतितोला ५ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५० रुपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ५ हजार ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
