निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घनको उजुरी परेका सञ्चारमाध्यम र पत्रकारबारे अध्ययन, अनुसन्धान गरी कानुनी कारबाही गर्न निर्वाचन आयोगले प्रेस काउन्सिल नेपालमा पत्राचार गरेको छ।
उजुरी अनुसार, काठमाडौँको तारकेश्वर नगरपालिका–१० स्थित शिवपुरी मिडिया नेटवर्क प्रालिबाट सञ्चालित सगरमाथा पोष्ट डटकम का अध्यक्ष/सम्पादक रविनप्रसाद थपलिया र प्रबन्ध सम्पादक चित्रकुमार (सिके) चौलागाईं ले आफ्ना व्यक्तिगत सामाजिक सञ्जालबाट उम्मेदवारका प्रचारप्रसार सामग्री निरन्तर पोष्ट गरेको उजुरी परेको थियो।
आयोगका कानुन अधिकृत मोहनराज जोशीले जानकारी दिनुभयो कि उजुरीमा उल्लिखित विषयमा प्रचलित कानुनअनुसार आवश्यक अनुसन्धान र कारबाहीका लागि प्रेस काउन्सिलमा पठाइएको हो। उजुरीअनुसार, उनीहरूले निर्वाचन आचारसंहिता, २०८२ को दफा ७ को खण्ड ९क० र ९झ० को उल्लङ्घन गरेको आरोप छ।
यसैगरी, गोरखापत्र संस्थानले मधेस र बाग्मती प्रदेशका संयोजक हटाएको विषयमा उजुरी परेको आधारमा पनि आयोगले स्पष्टीकरण सोधेको छ। संस्थानलाई दुई दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न आयोगले पत्राचार गरेको जनाएको छ।
