भरतपुर-१५ सितलचोकमा आज बिहान ७ बजेतिर भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
सूचना अनुसार, टुरेचोकबाट भरतपुरतर्फ आउँदै गरेको ना ४ ख ४७७२ नम्बरको मिनी ट्रकले रामपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना ४४ प १६३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका स्याङ्जाका २५/२६ वर्षीय सुरज थापाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ।
मोटरसाइकलमा सवार स्याङ्जा, हरिनास गाउँपालिका-४ घरकी २२ वर्षीया निरुता थापा गम्भीर घाइते भएकी छन्। उनको उपचार अहिले पनि चितवन मेडिकल कलेजमा भइरहेको छ।
