काठमाडौँ – नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो प्रतिज्ञापत्र (घोषणापत्र) फागुन २ भित्र सार्वजनिक गर्ने भएको छ। पार्टी प्रवक्ता देवराज चालिसेले बुधबार पत्रकारसँग कुरा गर्दै ढिलो भए पनि प्रतिज्ञापत्र फागुन २ सम्म सार्वजनिक हुने जानकारी दिए।
निर्वाचन आयोगले सबै राजनीतिक दलहरूलाई फागुन ३ भित्र अनिवार्य रूपमा घोषणापत्र सार्वजनिक गर्न निर्देशन दिइसकेको छ। यसै अनुसार कांग्रेसले आफ्नो तयारी अन्तिम चरणमा पुर्याएको हो।
कांग्रेस सभापति गगन थापाले यसअघि नै परम्परागत घोषणापत्रको सट्टा नागरिकसँग गरिने बाचाको रूपमा ‘प्रतिज्ञापत्र’ ल्याउने घोषणा गरिसकेका छन्।
प्रवक्ता चालिसेका अनुसार प्रतिज्ञापत्रमा मुख्य प्राथमिकताका विषयहरूमा:
सुशासन
‘मिनिमम गभर्नमेन्ट’को अवधारणा
डिजिटल गभर्नेन्स
जेन-जी आन्दोलनका भावनाहरू
समावेश गरिनेछ। निर्वाचन आयोगले फागुन १८ गतेदेखि मौन अवधि सुरु हुने र फागुन २१ गते मतदान हुने कार्यतालिका पहिले नै सार्वजनिक गरिसकेको छ।
