चितवनको इलाका प्रहरी कार्यालय खैरहनीमा कार्यरत इन्स्पेक्टर प्रदीप महतलाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको छ। उनलाई हाल जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ।
२०८२ भदौमा महतले आफूलाई बलात्कार गरेको आरोप लगाउँदै एक महिलाले प्रहरीमा जाहेरी दिएकी छन्। जाहेरी दर्ता गरी घटनाबारे अनुसन्धान भइरहेको बागमती प्रदेश प्रहरी कार्यालयका डीआईजी दीपक रेग्मीले जानकारी दिएका छन्।
पीडितका अनुसार खैरहनी क्षेत्रको एक होटलमा बोलाएर इन्स्पेक्टर महतले जबरजस्ती गरेको आरोप छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।
