काठमाडौँ – जेनजी प्रदर्शनको क्रममा प्रहरी वृत्त नयाँ बानेश्वरबाट भागेका धनकुटा पाख्रिबास नगरपालिका–५ घर भएका ३१ वर्षीय डिल्लीबहादुर कटुवाललाई प्रहरीले पक्राउ गरेको छ।
उनलाई सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरो टोलीले मंगलबार गोकर्णेश्वर नगरपालिकाबाट पक्राउ गरेको हो। पक्राउको क्रममा कटुवालको साथबाट ६ ग्राम ६५ मिलिग्राम लागुऔषध (ब्राउन सुगर) र लागुऔषध तौल्ने मेशिन बरामद गरिएको सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले रातोपाटीलाई जानकारी दिएका छन्।
सन्दर्भका लागि, कटुवाललाई यसअघि २०८२ साल साउन २७ मा पनि २९ ग्राम ब्राउन सुगर सहित पक्राउ गरी अनुसन्धानका क्रममा रहेका बेला उनी बानेश्वर प्रहरी वृत्तको हिरासतबाट भागेका थिए।
प्रहरीले उनलाई फेला पारेर नियन्त्रणमा लिएको र आवश्यक कानूनी कारबाही अघि बढाइएको छ।
