काठमाडौंबाट लुटपाट गरी फरार भएका दुईजनालाई बिर्तामोडमा पक्राउ गरिएको छ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार गएराति करिब ११ बजे बिर्तामोड वडा नं. १, पाथीभरा सिनेप्लाजा छेउबाट सादा पोसाकको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा इलाम सूर्योदय नगरपालिका वडा नं. १४ का ३३ वर्षीय दिपक राई र सुर्खेत चिगर गाउँपालिका वडा नं. ५ का ४१ वर्षीय रमेश कुडा मगर रहेका छन्। उनीहरू काठमाडौ महानगरपालिका–१४, ध्याङखेलबाट कुटपिट र लुटपाटको घटना पछि फरार भएका थिए।
प्रहरीले थप अनुसन्धान गर्दैछ र घटना सम्बन्धी थप विवरण सार्वजनिक गर्ने तयारीमा रहेको जनाएको छ।
