त्रिपोली । पूर्वी लिबियाको कुफ्रा क्षेत्रस्थित अल–सर्रा एयर बेस नजिकै एक हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। मरुभूमिमा भएको सडक दुर्घटनाका घाइते सैनिकलाई उद्धार गर्न गएको हेलिकोप्टर नै दुर्घटनामा परेको बताइएको छ।
दुर्घटनामा हेलिकोप्टरमा सवार सैनिक, स्वास्थ्यकर्मी तथा चालक दलका सदस्यहरूको ज्यान गएको पुष्टि भएको छ। केही सञ्चारमाध्यमले दुई विदेशी नागरिक पनि सवार रहेको जनाए पनि यसबारे आधिकारिक पुष्टि भइसकेको छैन।
दुर्घटनाको कारण अझै खुल्न सकेको छैन। स्थानीय अधिकारीहरूले घटनाबारे अनुसन्धान सुरु गरेको बताएका छन्।
