काठमाडौँ – राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध दर्ता गरिएको भ्रष्टाचार मुद्दा सरकारी पक्षबाट स्थगित भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप लगाएको थियो कि पौडेल र अन्य अभियुक्तहरूले केन्द्रको लागि “हाई कम्प्युट इन्फ्रास्ट्रक्चर” खरिद गर्दा मिलेमतो गरी गुणस्तरहीन सामग्री आपूर्ति गरी राज्यलाई करिब १५ करोड ८८ लाख रुपैयाँको क्षति पुर्याएका थिए।
अभियुक्तहरूमा तत्कालीन निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली, र वर्ल्ड डिस्ट्रिब्युसन नेपालका अध्यक्ष अरुण श्रेष्ठ रहेका थिए।
मुद्धा विशेष अदालतका अध्यक्ष सुदर्शन भट्ट र हेमन्त रावलको इजलासमा सुनुवाइका लागि तोकिएको थियो। अख्तियारको अनुसन्धान अनुसार, आर्थिक वर्ष २०७६/७७ को बोलपत्र अनुसार अपेक्षित क्षमताभन्दा कम प्रोसेसर जडान गरेर भ्रष्टाचार गरेको आरोप लागेको थियो।
हाल, सरकारी पक्षको मागमा मुद्दा स्थगित गरिएको छ।
