निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उत्कृष्ट टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको छ।
प्रतियोगितामा सहभागीहरूले निर्वाचन प्रचार–प्रसार, निर्वाचन आचारसंहिता र निर्वाचन शिक्षासम्बन्धी सन्देश समेटेर एक मिनेटसम्मको टिकटक भिडियो तयार पार्न सक्नेछन्। इच्छुक सहभागीहरूले फागुन ३ देखि १७ गतेसम्म आफ्नो भिडियो आयोगमा पठाउनुपर्नेछ।
आयोगका अनुसार, प्राप्त भिडियोहरूमध्ये सबैभन्दा बढी भ्युज पाउने तीन उत्कृष्ट भिडियोलाई जनही ५० हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ।

