काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु हाइटस्थित सृजनशील चोकमा डेरा गरी बस्ने एक महिलाको कोठाबाट लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
रुकुमको मुसिकोट नगरपालिका–२ स्थायी घर भई हाल बालाजु बस्दै आएकी २५ वर्षीया बिमला बिक नेपालीको कोठाबाट सुनका विभिन्न गरगहना चोरी भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सोमबार दिउँसो कोठामा कोही नभएको मौका छोपी करिब ७ लाख ४ हजार रुपैयाँ बराबरका सुनका गरगहना चोरी गरिएको हो।
चोरीमा संलग्न व्यक्तिहरू हाल फरार रहेका छन्। प्रहरीले घटनामा संलग्नको खोजी गर्नुका साथै आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
