भुजुङ हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) आज मंगलबार बाँडफाँट गरिएको छ।
कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा सम्पन्न बाँडफाँटअनुसार ८३ हजार आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।
आइपिओमा २५ लाख ७९ हजार ९२० जना लगानीकर्ताले कुल २ करोड ८४ लाख ४१ हजार ६८० कित्ता सेयरका लागि आवेदन दिएका थिए। तीमध्ये २५ लाख ३९ हजार ८९२ आवेदन स्वीकृत भएका छन् भने ४० हजार २८ आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ।
कम्पनीले माघ १२ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख ३० हजार कित्ता सेयर निष्कासन गरेको थियो।
लगानीकर्ताले बिक्री प्रबन्धक कुमारी क्यापिटलको वेबसाइट तथा मेरो सेयर खातामार्फत आइपिओको नतिजा हेर्न सक्नेछन्। साथै, कम्पनीको वेबसाइट र सिडिएस एन्ड क्लियरिङ लिमिटेडको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ।
