रामेछापको सेलेघाटमा काठमाडौँ–ओखलढुङ्गा जाँदै गरेको ९९७५ नम्बरको यात्रुवाहक बस तामाकोशी नदीमा खसेको छ।
प्रहरीका अनुसार दुर्घटनामा परी घटनास्थलमै ५ जनाको मृत्यु भएको छ भने ६ जना घाइतेलाई उद्धार गरी नजिकैको अस्पतालमा पठाइएको छ। उद्धार कार्यमा स्थानीय प्रहरी सक्रिय रूपमा संलग्न छन्।
दुर्घटनाको कारण पहिचान गर्नका लागि अनुसन्धान सुरु गरिएको छ।
