काठमाडौं। उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलनपछि आएको सबैभन्दा नयाँ र विश्वासयोग्य राजनीतिक विकल्प आफूहरूको पार्टी भएको बताएका छन्।
सोमबार काठमाडौं क्षेत्र नम्बर ४ को उम्मेदवार घोषणा कार्यक्रममा अध्यक्ष घिसिङले भने, “जनताले विश्वास गरेको, माया गरेको पार्टी उज्यालो नेपाल पार्टी हो। जेनजी आन्दोलनपछि सबैभन्दा नयाँ पार्टी पनि यही हो। यो पार्टीले जेनजी आन्दोलनका मागलाई पनि आत्मसात गर्दै नेपालमा नयाँ विकल्पको रूपमा स्थापित हुनेछ।”
उनले थपे कि उज्यालो नेपाल पार्टी एउटा राष्ट्रिय स्तरमा सबै नेपालीले बुझ्न र आबद्ध हुन चाहने पार्टी भएको र त्यसैले नेपाली जनताले यसलाई विश्वास गरेको बताएका छन्।
घिसिङले भने, “कुनै स्वार्थबिना, जेनजी आन्दोलनको माग, नेपाली जनताको भावना र देशको आवश्यकता अनुसार हाम्रो पार्टीले राष्ट्रिय स्वतन्त्रता र सहमतिको मार्ग अपनाएको छ।”
