नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ। सोमबार प्रतितोला चार हजार एक सय रूपैयाँ बढेको सुन आज तोलामा थप नौ सय रूपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३,०५,५०० रुपैयाँ पुगेको छ। सोमबार यो मूल्य प्रतितोला ३,०४,६०० रुपैयाँ थियो।
यस्तै, चाँदीको मूल्य भने घटेको छ। सोमबार तोलामा ५,२५० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ५,२४० रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ५,०३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
