कैलाली – भजनी नगरपालिका–७ चर्रामा नालामा डुबेर १८ महिनाका बालकको मृत्यु भएको छ।
स्थानीय बिपत राम कठरियाका छोरा अमन कठरिया सोमबार साँझ घर आँगनमा खेलिरहेको बेला नजिकैको नालामा जमेको पानीमा खसेका थिए। गम्भीर घाइते बालकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र भजनी लगिएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
