काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आज पश्चिम नवलपरासीमा हुने भनिएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले चासो राखेको छ।
प्रशासनले निर्वाचन आचारसंहिता–२०८२ विपरीतका गतिविधि नगर्न/नगराउन सचेत गराएको छ। सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पोषणराज भण्डारीले निकालेको सूचनामा सबैलाई सूचना अनुसार आचारसंहिता पालन गर्न निर्देशन दिइएको उल्लेख छ।
निर्वाचन आचारसंहिता अनुसार आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि फागुन ४ देखि १८ गतेसम्म मात्रै १५ दिनको प्रचार अवधि तोकिएको छ।

