म्याग्दी जिल्लामा पशुलाई महामारीजन्य रोगबाट जोगाउन पूर्णखोप अभियान सञ्चालन भएको छ। जिल्लाका छवटै स्थानीय तहका किसानले पालेका करिब ९० हजार पशुलाई पाँच प्रकारका खोप लगाउने लक्ष्य राखिएको छ।
बेनी नगरपालिका, धवलागिरि, मालिका र अन्नपूर्ण गाउँपालिकामा खोप अभियान सम्पन्न भइसकेको छ भने रघुगङ्गा र मङ्गला गाउँपालिकामा सुरु भएको छ। अभियानअन्तर्गत फार्म र गोठमा पुगेर तथ्याङ्क सङ्कलन, खोपकर्ता नियुक्ति र तालिम दिइएको छ।
किसानहरूले खोप महामारीजन्य रोग रोक्न र जनस्वास्थ्य सुरक्षित राख्न प्रभावकारी भएको बताएका छन्। गण्डकी प्रदेश सरकारले प्रदेशभरि सङ्क्रामक रोग निर्मूल पार्ने उद्देश्यले पूर्णखोप अभियान चलाइरहेको छ।
