आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ। हालसम्म १ करोड २२ लाख ५६ हजार मतपत्र छपाइ भइसकेको छ र १० हजार ७५९ बाकस प्याकिङ गरिएको छ।
मतपत्र छपाइ समानुपातिक र प्रत्यक्ष निर्वाचन प्रणाली दुवैका लागि जनक शिक्षा सामग्री केन्द्र, सानोठिमीमा भइरहेको छ। प्रत्यक्ष निर्वाचनका लागि दुई करोड ३ लाख २३ हजार मतपत्र छपाइ गर्नुपर्ने आयोगले जनाएको छ।
