गुल्मीको कालीगण्डकी गाउँपालिका–४ स्थित कालीगण्डकी नदी किनारमा मानव कंकाल फेला परेको छ। सोमबार दिउँसो ‘घुमाउने’ भन्ने स्थानमा ढुंगाको चेपभित्र मानव कंकाल देखेपछि स्थानीयवासीले जिल्ला प्रहरी कार्यालय गुल्मीलाई जानकारी गराएका थिए।
सूचना प्राप्त हुनासाथ प्रहरी चौकी पूर्तिघाटबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक सुरक्षा व्यवस्था गरेको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षकको नेतृत्वमा थप टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ।
हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी)ले मृतकको पहिचान तथा घटनाको कारण पत्ता लगाउने कार्य भइरहेको जानकारी दिए।
