जिल्ला कारागार सिरहाबाट पेस्तोलसहित विभिन्न हातहतियार बरामद गरिएको छ। घटनामा संलग्न आरोपमा इन्द्रजित यादवसहित १३ जना कैदीबन्दीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आइतबार साँझ कारागारभित्र गुटबन्दी र कुटपिटको घटना भएपछि सुरक्षाकर्मीले खोजतलास गर्दा जिम हलबाट कटुवा पेस्तोल, गोली र घरेलु हतियार फेला परेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
