ताप्लेजुङको कञ्चनजंघा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ः४७ बजे ४ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको केन्द्र नेपाल–भारत सीमा क्षेत्र नजिक रहेको जनाइएको छ। भूकम्पको धक्का पूर्वी नेपालका विभिन्न स्थानमा पनि महसुस गरिएको छ।
